प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
प्युठान - प्युठानमा झिमरुक खोलाले बगाएर सोमबार एकजना बेपत्ता भएका छन् ।
झिमरुक खोलाले बगाएर बेपत्ता हुनेमा झिमरुक गाउँपालिका–७ का ६२ वर्षाीय बाटुले सार्की छन् ।
सोमबार दिउँसो करिब ३ बजेकाे अासपास बेपत्ता भएका सार्की बेलुकासम्म घर नफर्केपछि खोलाले बगाएको स्थानीयले जानकारी दिएका छन् ।
सार्कीलाई झिमरुक गाउँपालिका ढाँड बजार नजिक तुषारा जाने सडक खण्डको झिमरुक खोलाले बगाएको हो । गाउँपालिकामा गरिब परिचय पत्र लिन आएका सार्कीलाई घर फर्कंदै गर्दा खोलाले बगाएको हो ।
खोलाले बगाएर बेपत्ता भएको खबर तत्कालै प्रहरी र प्रशासनलाई जानकारी गराए पनि समयमै घटनास्थलमा प्रहरी नपुग्दा उद्धारमा ढिलाई भएको वडा अध्यक्ष गोपाल गिरीले जानकारी दिनुभयो ।
मंगलबार बिहानैदेखि उहाँको खोजी कार्य गर्ने भनिए पनि वर्षाका कारण खोला बढेकाले उद्धारमा समस्या भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस खोलामा निर्माणाधीन पुल समयमै नबन्दा बर्सेनि २-३ जनाकाे खाेलाले बगाएर ज्यान जाने गरेकाे उहाँले उज्यालोलाई बताउनुभयाे ।