घरबाट निस्कने फोहोरबाट मल उत्पादनको तयारी

 मंसिर २०, २०७७ शनिबार १४:१७:११ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घरबाट निस्कने फोहोरमैलाबाट मल बनाउने तयारी गरेको छ ।

दिक्तेल बजारका घरबाट निस्कने कुहिने फोहोरमैलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल प्लान्टमा लगेर मलमा रुपान्तरण गर्ने तयारी गरेको हो । घरबाट निस्कने सागसब्जी, घाँसपात, फलफुल, खानेकुरा, कसिंगर जस्ता कुहिने फोहोरमैलालाई अलग-अलग राखिनेछ । त्यसरी छुट्याएर राखेको फोहोरलाई प्रत्येक आइतबार र बिहिबार ढुवानी गरेर कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्थाको तयारी पूरा भएको नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो ।

सोल्मामा करोडौंको लगानीमा कम्पोष्ट मल प्लान्ट निर्माण सम्पन्न भएको केही समयपछि नगरपालिकाले फोहोरमैलालाई स्राेतबाटै वर्गीकरण गर्ने र कुहिने खालका फोहोरलाई कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्था गरेको हो । घरबाट सकेसम्म फोहोरमैला कम निकाल्ने र निस्किएका फोहोरलाई कुहिने, नकुहिने र शिशाजन्य फोहोरमा वर्गीकरण गरेर घरैमा राख्ने, बजारबाट निस्केको दिशाजन्य फोहोरलाई सोल्माकै वायोग्याँस प्लान्टमा लैजाने निर्णय गरिएको मेयर रिजालले बताउनुभयो । 

यस्तै, बजारमा राखिएका डस्टबिनमा पैदलयात्रीबाट निस्केको फोहोर मात्र राख्ने, नगरपालिकाले फोहोरमैला तथा सरसफाई सम्बन्धि आवश्यक नीति–नियम बनाउने र कार्यान्वयन गर्ने, टोल विकास समितिले फोहोरमैला तथा सरसफाई व्यवस्थापन सम्बन्धी जनचेतना जगाउने, सबैले सरसफाई तथा फोहोरमैला व्यवस्थापनलाई एजेण्डाकै रूपमा प्रस्तुत गर्ने लगायतका निर्णय भएको नगरपालिकाले जनाएको छ ।

दिक्तेलबजारका नकुहिने फोहोरमैलालाई भने नगरपालिकाले संकलन गरेर डम्पिङ साइटमा लगेर थन्काउँदै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया