काठमाण्डौको फर्पिङ र सुर्खेतमा बस दुर्घटना : दुई जनाको ज्यान गयो
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले स्वयम्भू क्षेत्रलाई संरक्षण गरी चक्रपथ सडक विस्तार कार्यलाई अगाडि बढाइने बताउनुभएको छ ।
स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाउ अभियानका अभियन्ताहरूसँग मङ्गलबार भेट गरी स्वयम्भू क्षेत्रलाई जोगाएर नै सडक विस्तारको कार्य गरिने मन्त्री नेम्वाङले बताउनुभएको हो । उहाँले सडक निर्माणको मापदण्ड, विश्व सम्पदा सूचीको प्रावधान र पुरातत्व विभागले गर्न सक्ने क्षेत्रभित्र रहेर सडक विस्तारलाई अगाडि बढाइने बताउनुभएको हो ।
हजार बुद्धसहित बोधी चैत्यको संरक्षण गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ रहेकाे पनि मन्त्री नेम्वाङले स्पष्ट पार्नुभयो । भत्काउने भन्दा बनाउने ढङ्गले सकारात्मक रूपमा शान्तिपूर्ण तरिकाले समस्याको निराकरण गर्ने पक्षमा सरकार रहेको पनि उहाँले बताउनुभयो । प्राविधिक दृष्टिकोणबाट हेरेर सकेसम्म सबै संरचनालाई जोगाउने गरी अगाडि बढ्ने कुरामा विश्वस्त हुन उहाँले आग्रह गर्नुभयो ।
छलफलमा स्वयम्भु विश्व सम्पदा क्षेत्र बचाउ अभियानका संयोजक नोर्बु शेर्पाले अहिले डिजाइन गरिएको सडक विस्तार योजनाअनुसार स्वयम्भूको महत्त्वपूर्ण भाग बौद्धकलासहित निर्मित पर्खाल र ७५ फिट अग्लो हजार बुद्धसहितको बोधी चैत्य रहेको क्षेत्र भत्काइनुपर्ने भएकाले विरोध गरिएको बताउनुभयो । यसबाट स्वयम्भू क्षेत्र विश्व सम्पदाको सूचीबाट समेत हट्ने जोखिम हुने भएकाले त्यसको संरक्षण गर्न मन्त्री नेम्वाङ समक्ष आह्वान गरिएको बताउनुभयो ।
सरकारले चक्रपथ विस्तारको दोस्रो अभियानअन्तर्गत कलङ्कीदेखि महाराजगञ्ज हुँदै धोबी खोलासम्मको सडक क्षेत्र विस्तार गर्दै छ । चक्रपथ विस्तार गर्दा स्वयम्भूको पछाडिपट्टि रहेको हजार बुद्धसहितको बोधी चैत्य हटाइनुपर्ने भएपछि काठमाण्डौ महानगरपालिकाले त्यसको प्रक्रियासमेत अगाडि बढाइसकेको छ । त्यसैले स्वयम्भू क्षेत्रका सरोकारवालाहरूले मन्त्री नेम्वाङलाई भेटेर त्यस क्षेत्रलाई जोगाइ सडक निर्माण गर्नुपर्ने माग गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।