काठमाण्डौको फर्पिङ र सुर्खेतमा बस दुर्घटना : दुई जनाको ज्यान गयो
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – लोक सेवा आयोगले अधिकृत तहका लागि दरखास्त आह्वान गरेको छ । आज विज्ञापन निकालेर आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा त्यो सरहको पदका लागि खुला तथा समावेशीतर्फ ३६० जनाको दरखास्त आह्वान गरेको हो ।
खुलातर्फ कानुन, न्याय तथा सरकारी वकिलमा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, अपांगता भएका र पिछडिएको क्षेत्रका लागि दुई,दुई जनाका लागि दरखास्त आह्वान गरिएको छ । यस्तै, खुलातर्फ परराष्ट्र सेवाका लागि एक, सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ अधिकृत मागेको छ ।
त्यसैगरी, महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा ३ जनाका लागि दरखास्त आह्वान गरिएको छ । त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना, मधेसी कोटामा परराष्ट्रमा एक, प्रशासन र राजस्वमा ८/८, लेखा ६ र लेखापरिक्षण २ जना अधिकृत मागिएको छ ।
आयोगले दलित कोटामा सामान्य प्रशासनमा तीन, लेखा र राजश्वमा २/२, लेखापरीक्षणमा एक जना मागेको छ । त्यस्तै अपांगता भएकाका लागि प्रशासन, राजस्व र लेखामा २÷२ र लेखापरीक्षणमा एक जनाको दरखास्त मागेको छ भने पिछडिएको क्षेत्रका लागि प्रशासन र राजस्वमा २/२ जना र लेखामा एक जना मागेको छ । अधिकृत सरहको परीक्षाका लागि आउँदो पुस १४ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।
यस्तै, दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म पनि आवेदन दिन सकिने छ । आवेदन अनलाइमार्फत पनि दिन सकिने छ । यस्तै आयोगले बढुवाका लागि पनि दरखास्त आह्वान गरेको छ । बढुवाका लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता पुगेकाले बढुवाका लागि आवेदन दिन सक्ने अयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।