काठमाण्डौको फर्पिङ र सुर्खेतमा बस दुर्घटना : दुई जनाको ज्यान गयो
माघ २८, २०८१ सोमबार
खोटाङ – खोटाङमा कोरोना कहरका कारण प्रभावित पुष्पलाल मध्यपहाडी लोकमार्गकाे कालोपत्रेको कामले फेरि गति लिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत चखेवा भञ्ज्याङ–दिक्तेल (४६ किलोमिटर) सडककाे कालोपत्रेको कामलाई निर्माण कम्पनी रमन–गोल्डेन गुड जेभीले सुरु गराएको हो ।
कोरोना महामारीका कारण मध्यपहाडी लोकमार्गको चखेवा भञ्ज्याङ–दिक्तेल सडक खण्ड कालोपत्रेको काम ठप्प भएको थियो । विभिन्न पाँच भागमा विभाजन गरेर २०७२ चैतदेखि चखेवा भञ्ज्याङ–दिक्तेल सडकको विभिन्न खण्डमा कालोपत्रे थालिएको थियो ।
चखेवा भञ्ज्याङ–दिक्तेल सडक खण्डको पाँचमध्ये चार खण्ड (सेखुवा–दिक्तेल ३६ किलोमिटर) को कालोपत्रेको जिम्मा लिएको रमन–गोल्डेन गुड जेभीले असोजदेखि काम सुरु गराएको जनाएको छ । आउँदा वैशाखसम्ममा सेखुवादेखि दिक्तेलसम्मको खण्ड कालोपत्रेका काम पूरा गर्ने गरी काम सुरु गराइएको रमन–गोल्डेन गुड जेभीका साइड इञ्चार्ज आङसाङ्गे शेर्पाले बताउनुभयो ।
रमन–गोल्डेन गुडको जिम्मामा रहेको पहिलो प्याकेज सेखुवा–पेलुङ (१० किलोमिटर) खण्डको ५५ प्रतिशत काम सम्पन्न भएको छ । दोस्रोपल्ट थप भएको सेखुवा–पेलुङ खण्डको एक वर्षे म्याद आउँदो पुस ८ मा सकिँदै छ ।
यस्तै, दोस्रो प्याकेज पेलुङ–दारुला (आठ किलोमिटर) खण्डमा एक किलोमिटर कालोपत्र भइसकेको छ । अन्य भागमा सव–बेस, बेस, स्ट्रक्चरको काम भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलिखेलका इञ्जिनियर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । अहिलेसम्म पेलुङ–दारुला खण्डको काम झण्डै ६५ प्रतिशत पूरा भएको छ । यस खण्डको तेस्रोपल्ट थप भएको म्याद आउँदो मङ्सिर २९ मा सकिँदै छ ।
तेस्रो प्याकेज दारुला–कालीखोला –नौ किलोमिटर) खण्डमा ६ किलोमिटर कालोपत्रे भइसकेको छ । अहिलेसम्म यस खण्डको झण्डै ८० प्रतिशत काम सकिएको छ । तेस्रोपल्ट थपिएको दारुला–माम्खा (कालीखोला) को म्याद गएको असोज ३० मै सकिएको हो ।
चौथो प्याकेज कालीखोला–दिक्तेल (नौ किलोमिटर) खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ ।
भरत मैनाचुली सिद्धिशाई जेभीले ठेक्का लिएको चखेवा भञ्ज्याङ–सेखुवा (१० किलोमिटर) को काम भने सुस्त देखिएको छ । काममा ढिलासुस्ती गरेसँगै ठेक्का तोड्न सूचना निकालेपछि भने कम्पनीले अहिले काम सुरु गरेको इञ्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म यस खण्डको काम झण्डै २५ प्रतिशत मात्र पूरा भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।