लाइसेन्स नवीकरण, गाडी जाँच पासलगायतका काम मङ्सिर मसान्तसम्म गर्न सकिने

 मंसिर २५, २०७७ बिहिबार २०:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने तथा गाडी जाँच पास र रुट इजाजतपत्र नवीकरण गर्ने म्याद मङ्सिर मसान्तसम्म थप भएको छ ।

सरकारले ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहासहितको म्याद थप गरेर मङ्सिर मसान्तसम्म पुर्‍याएकाे हो ।

यसअघि भएका निर्णयअनुसार सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद भदौ मसान्तसम्म थियो । त्यसपछि लकडाउन पूर्णरूपले नहटेको, चाडवाड तथा विविध कारणले यातायात सेवा कार्यालयहरू पूर्णरूपमा बन्द भएका थिए ।

कार्यालय नखुल्दा सेवाग्राहीले सेवा लिन नपाएकाले सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद थप गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको थियो ।मन्त्रिपरिषदले गएको मङ्सिर १५ गतेको बैठकमा ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहासहितको म्याद थप गरेर मङ्सिर मसान्तसम्म पुर्‍याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न यातायात व्यवस्था विभागले यातायात कार्यालयहरूलाई आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया