काठमाण्डौको फर्पिङ र सुर्खेतमा बस दुर्घटना : दुई जनाको ज्यान गयो
माघ २८, २०८१ सोमबार
काठमाण्डौ - आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।
देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै प्रदेश १ को पहाडी भूभागका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।
अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । नेपालमा पश्चिमी वायुको प्रवेशसँगै अरेबियन सागरको जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकोले मौसममा परिवर्तन आएको महाशाखाले जनाएको छ ।
यसका कारण देशका धेरै ठाउँको तापक्रम घटेको र तराईका धेरैजसो ठाउँमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएको छ । तराई क्षेत्रमा हुस्सुका कारण सडक र हवाई यातायातमा प्रभाव पर्ने भएकोले विशेष सावधानी अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।
यस्तै महाशाखाले निकालेको बुलेटिनअनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।