खोटाङ र उदयपुर जोड्ने सुनकोशीमा अस्थायी बेलिब्रिज राखियो : हिउँदभरि सञ्चालन हुने

 मंसिर २९, २०७७ सोमबार ११:६:५१ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङ र उदयपुर जोड्ने सुनकोशी, फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।

पूर्वी सहरसँग जोड्ने दिक्तेल-गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने सुनकोसी फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।

गाईघाट-दिक्तेल सडक आयोजनाको झण्डै ८४ लाख रुपैयाँ लागतमा रेग्मी निर्माण सेवा गाईघाटले गएकाे मंसिर ५ गतेदेखि जडान सुरु गरेको अस्थायी बेलिब्रिज हिजोदेखि सञ्चालनमा आएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो ।

हिउँदभरि सञ्चालन गर्ने गरी बेलिब्रिज जडान गरेसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायतका सहर जाने दोश्रो र छोटो बाटो खुलेको छ । फोक्सिङटारमा बेलिब्रिज नहुँदा खोटाङका बासिन्दा दिक्तेलबाट घुर्मी-कटारी हुँदै पूर्वी सहर आउने र जाने गरेका थिए ।

फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाइनको पुल निर्माणको काममा ढिलासुस्ती हुँदै आएको छ । पक्की पुल नबनेपछि विगत ५ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया