गाजालाई दुई भागमा छुट्याउने करिडोरबाट इजरायली सेना फिर्ता ह...
माघ २७, २०८१ आइतबार
काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको जोखिम माेलेर उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा डाक्टरले अझै पनि आफूले पाउने तलब भत्तालगायतका सुविधा पाएका छैनन् ।
स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत सङ्घ–सङ्गठनको संयुक्त सङ्घर्ष समितिले अबको सात दिनभित्र स्वास्थ्यकर्मी र डाक्टरलाई तलब भत्ता नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
समितिले साेमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर यसअघि पनि आफ्ना मागबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण गराएको तर बेवास्ता भएको र फेरि पनि बेवास्ता गरे कडा आन्दोलन गर्ने जनाएको हो ।
नेपाल चिकित्सक सङ्घलगायत २३ वटा स्वास्थ्य सम्बद्ध ट्रेड युनियन तथा पेसागत सङ्घका संयुक्त सङ्घर्ष समितिले तलब सुविधालगायत आफ्नो १८ बुँदे माग सम्बोधन गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको हो ।
समितिले सरकारकै बेवास्ताका कारण कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा १० जनाभन्दा धेरै स्वास्थ्यकर्मी र डाक्टरको ज्यान गएको पनि जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।