डिभोर्सको कारण सार्वजनिक गर्न बाध्य हुँदैछु : मनोज गजुरेल

 मंसिर ३०, २०७७ मंगलबार ५:५४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हास्य-व्यङ्ग्य कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिनुभएको छ ।

पूर्वश्रीमतीको क्रियाकलापबाट आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पुर्याएको उहाँको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै उहाँले एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म चुप बसेको र अब बाध्य भएर स्पष्टीकरण दिन परेको उल्लेख गर्नुभएको छ ।

डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर आफूसँग बस्न आएको उहाँले उल्लेख गर्नुभएको छ । मनोज गजुरेल र मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद भएको थियो ।

सम्बन्धविच्छेदपछि मिनाले मनोजमाथि विभिन्न आरोप र लाञ्छना लगाएर युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिँदै आउनुभएको छ । केही दिनयता मनोजले अर्को विवाह गर्न लागेको कुरा सार्वजनिक भएपछि मिनाले फेरि आरोप र लाञ्छना लगाउने क्रम बढेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • रबिन्द्र अधुरो

    Dec. 16, 2020, 5:57 p.m.

    मनोज सर चुप बस्नु भएको देखेर मायाँ लागेर आउँछ। मिना ढकाल सँग कसरी बाईस बर्ष बिताउनु भयो होला?लाग्छ मनोज गजुरेल बौद्दिक हाँसेव्यङ्गेको खेति गर्नु हुन्छ सबैलाई हँसाएर घर आउँनु हुन्छ र पलङको कुनातिर फर्केर आँसु झार्नु हुन्छ घुक्क घुक्क गर्नु हुन्छ।मनोजको पसिना लगेर मस्ति गरिरहेकी मिना ढकाल मनोजलाई नै घरिघरि ठुङ्नु अन्याय हो दाम्लो छिनाएर हिडेपछी घरीघरी मालिकलाई हान्न खोज्नु अपराध ।हो।

  •  0 Reply

तपाईको प्रतिक्रिया