गाजालाई दुई भागमा छुट्याउने करिडोरबाट इजरायली सेना फिर्ता ह...
माघ २७, २०८१ आइतबार
काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो ।
राति आकाश छ्याङ्ग खुलेकाले चिसो बढेको उहाँले बताउनुभयो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो । तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद्ले बताएका छन् ।
आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ । बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने हुँदा दिउँसोको समयमा भने तातो न्यानो हुनेछ । आज काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम सफा रहने अनुमान गरिएको छ ।
तराई हुस्सु/कुहिरो
पहाडी क्षेत्रको मौसम आज सफा रहे पनि तराईका क्षेत्रमा भने हुस्सु/कुहिरो लागेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज प्रदेश १ र २ मा आज दिनभरि नै हुस्सु कुहिरो लाग्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने दिउँसो पनि हुस्सु हट्ने अनुमान छ ।
बिहानदेखि दिनभरिसम्म हुस्सु लाग्ने भएकाले चिसोबाट जोगिन मौसमविद्कोे सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।