नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से बुधबार ६ दशमलव २ अङ्कले घटेको छ । बुधबार जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा र बीमा समूहको सूचक घटेसँगै समग्र शेयर बजार परिसूचक नेप्से घटेको हो ।
सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक १६० दशमलव ८५ अङ्कले घटेको छ । तर बैंक, व्यापार, होटल, विकास बैंक, उत्पादनमूलक, माइक्रो–फाइनान्स र म्युचल फण्ड समूहका सूचक भने सुधार भएको छ ।
बुधबार दिनभर एक सय ९९ कम्पनीका पाँच अर्ब १४ करोड ४६ लाख रुपैयाँभन्दा धेरैका एक करोडभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको सबैभन्दा धेरै ३९ करोड ४३ लाख ९५ हजार रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ९१ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २४ करोड ३९ लाख, नबिल बैंक लिमिटेडको १८ करोड ४८ लाख र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ करोड ७६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।
बुधबार च्यांदी हाइड्रोपावर कम्पनी लिमिटेड र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनएमबी ५० कम्पनीका शेयर लगानीकर्ताले भने सबैभन्दा धेरै ४ दशमलव ४८ प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।