कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समुदायलाई बस्ने घरको व्यवस्था

 पुष २, २०७७ बिहीबार ११:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समुदायलाई बस्ने घरको व्यवस्था गरिएको छ ।

नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरहेका छन् । पहिलो चरणमा २४ घरमध्ये १० घर निर्माणको काम सकेर हस्तान्तरण समेत भएको छ । नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्र्धव बस्तिलाई नगरपालिकाकै वडा नम्बर ११ मा सारिएको हो ।

तराई समृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई उपलब्ध गराएको र दोस्रो चरणमा ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो ।

सरकारले गन्धर्व समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । सरकारले घर बनाइदिएपछि खुसी भएको तर पहिलो चरणमा बनेका १० वटा घरको शौचालयको सेफ्टी ट्यांकी एउटै भएकाले केहि समस्या रहेको लाभग्राही बीरबहादुर गन्धर्वले बताउनुभयो । आफूहरुलाई घरको लालपूर्जा समेत उपलब्ध गराइदिए सहज हुने अर्का दलबहादुर गन्धर्वले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया