चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे
माघ २७, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले बेलुकी ५ बजेका लागि परिषद्को बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको भोलिपल्ट आज बैठक आह्वान गर्नुभएको हो । उहाँ अध्यादेश फिर्ता गर्न तयार भए पनि अध्यादेश फिर्ता भने भइसकेको छैन । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकलेसमेत अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि अहिलेसम्म राष्ट्रपतिको कार्यालय शीतल निवासमा औपचारिक जानकारी गएको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश फिर्ता गर्नेबारे कार्यालयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपति कार्यलयका सचिव हरि पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सहभागी नहुने हुनुभएको छ । बेलुकी ५ बजे बैठक बस्नेबारे जानकारी प्राप्त भएको तर अध्यादेश नै फिर्ता नभइ सकेकाले बैठकमा सहभागी नहुने सभापति देउवाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।