तराईमा बिहानैदेखि बाक्लो हुस्सु : काठमाण्डौको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस

 पुष ३, २०७७ शुक्रबार ८:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरको तापक्रम घट्न थालेसँगै चिसो बढेको छ ।

तराईका जिल्लामा बिहानैदेखि लागेकाे बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बन्न थालेको छ । पुस महिना लागेसँगै देशभरि चिसो बढेको हो ।

तराईका जिल्लामा अत्यन्तै चिसो हुने र घाम नलाग्ने भए पनि अहिले नै त्यसलाई शीतलहर भने भन्न नमिल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो  ।  

दिउँसोको  समयमा केहीबेर हुस्सु कुहिरो हट्ने गरेकाले शीतलहर भन्न नमिल्ने मौसमविद् शाक्यले बताउनुभयो ।  शीतलहर चल्नका लागि केही दिनदेखि लगातार घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लाग्ने, शिरशिर हावा चल्ने र अत्याधिक चिसो महशुस हुनुपर्ने उहाँको भनाइ छ । अहिले बिहानदेखि लागेको हुस्सु कुहिरो दिउँसोको समयमा भने केही हट्ने गरेकाले पनि शीतलहर भन्न नमिल्ने उहाँले बताउनुभयो ।

तराईमा शीतलहर सुरु नभए पनि प्रारम्भिक चरणमा देखापर्ने अवस्था भने बिस्तारै देखिन सुरु भएको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा बिहानदेखि लागेको हुस्सु कुहिरो दिउँसोको समयमा भने केही हट्ने गरेको छ । तर, फेरि बेलुका हुस्सु लाग्ने गरेको मौसमविद् शाक्यले बताउनुभयो  । चिसो बढेसँगै धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम घटेको छ ।

धनगढीमा हिजोको अधिकतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । आज १४ देखि १६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यस्तै, नेपालगञ्जको पनि अधिकतम तापक्रम घटेर १६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौको मौसम भने आज हिजोको जस्तै छ ।

आज न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।  जुम्लाको तापक्रम भने माइनस ६ दशमलव ४ डिग्री सेल्सियस छ।

देशभर तापक्रम घट्न थालेकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्को सुझाव छ । अब झन् चिसो अझै बढ्दै जाने भएकाले तातो न्यानो गरेर बस्न मौसमविद्ले सुझाव दिएका हुन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया