सिरहामा चिसोका कारण चार जनाको ज्यान गयो : आगो ताप्ने क्रममा जलेर पाँच जना घाइते

 पुष ३, २०७७ शुक्रबार १३:२९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा - सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको ज्यान गएको छ ।

बरियारपट्टी गाउँपालिका-५ झिझौलका २५ वर्षका रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एक जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गएको मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा चार जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताउनुभयो । यो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच जना घाइते भएका र विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका-८ र गोलबजार नगरपालिका-१३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया