चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे
माघ २७, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाण्डौमा आज (शुक्रबार) जाडो सुरु भएपछिकै कम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
बिहीबार (हिजो) काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री मापन गरिएको थियो । आज बिहान पनि न्यूनतम तापक्रम २ दशमलव २ डिग्री नै मापन गरिएकोमा पछि घटेर १ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको छ । गएको वर्ष आजकै दिन काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस रहेको थियो । यसपालि भने आज १ दशमलव ६ डिग्री भएको छ । ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
‘कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाण्डौको न्यूनतम तापक्रम अबको दुई÷तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ’, मौसमविद् पौडेलले भन्नुभयो । तापक्रम घटेपछि काठमाण्डौ उपत्यकामा बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लागेको छ । तर बिहान र बेलुका बढी चिसो छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १८ दशमलव ३ डिग्री सेल्सियस पुग्नेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव ० डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम ९ दशमलव ० डिग्री सेल्सियस रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।