चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे
माघ २७, २०८१ आइतबार
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू अहिले पेरिसडाँडामा छलफल गरिरहेका छन् ।
केही जिल्लाका नेकपा नेतासँग अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल गरिरहनुभएको छ ।
पार्टीभित्रको पछिल्लो गतिविधिबारे सामान्य छलफलका लागि नेताहरू भेला भएका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने निर्णय भएको तर सहमतिअनुसार प्रधानमन्त्रीले अध्यादेश फिर्ता नगरेकाले यसबारे छलफल गर्न नेताहरूलाई परिसडाँडा बोलाइएको एक नेताले जानकारी दिए ।
संवैधानिक परिषदसम्बन्धी सरकारले पछिल्लो पटक ल्याएको अध्यादेशसँगै नेकपा विवाद थप बढ्दै गएको छ । दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।