सभामुख सापकोटाविरुद्ध परेको मुद्दामा आज सुनुवाइ नहुने

 पुष ३, २०७७ शुक्रबार १५:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  मुद्दाकाे सुनुवाइमा पालो नआएपछि सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा आज (शुक्रबार) सुनुवाइ नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो ।

यसअघि गएको वर्ष २०७६ सालको फागुन ३० गते सभामुख सापकोटाको मुद्दामा पेसी तोकिएको भए पनि हेर्न नभ्याइएपछि सुनुवाइ सरेको थियो । त्यसबीचमा लकडाउन भएसँगै अदालत बन्द हुँदा यो मुद्दालाई अघि बढाउन सकिएको थिएन । सभामुख सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ ।

२०६२ सालको वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला भएको ठाउँबाट लामालाई अपहरण गरेर खाल्डो खन्न लगाएर ज्युँदै पुरेको भन्दै लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । घटनाको जाहेरी प्रहरीले लिन नमानेपछि उहाँले २०६९ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो । त्यसबेला सापकाेटा सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो ।

यसअघि कनकमणि दीक्षितले पनि सापकोटा फरार अपराधी रहेकाले तत्काल पक्राउ पर्न भन्दै मुद्दा दर्ता गराउनुभएको थियो । यसबारे सभामुख सापकोटाले भने आफूविरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने भन्दै आरोप अस्वीकार गर्दै आउनुभएको छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया