चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे
माघ २७, २०८१ आइतबार
काठमाण्डौ – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकूलतामा उभिएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकूलतामा उभिँदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताउनुभयो ।
अहिले राष्ट्रपतिको भूमिकाको सम्बन्धमा नागरिकमा तीव्र विरोध हुनुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन नै बाधा पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति संविधानको प्रतिकूलतामा उभिनु, राष्ट्रपतिको नागरिकमा तीव्र विरोध हुनु, यसले गम्भीर आघात पुर्याउँछ । गणतन्त्रलाई सबल बनाउन पनि बाधा पुर्याउँछ । राष्ट्रपति गम्भीर बन्नुस् भन्ने कांग्रेसको सल्लाह छ ।’
सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरङ्कुश र सर्वसत्तावादी सोचलाई अगाडि बढाएको समेत प्रमुख सचेतक खाँडले बताउनुभयो । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि नागरिकको तीव्र विरोध हुँदा हुँदै पनि स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको पनि प्रमुख सचेतक खाँडले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले राम्रो गर्नुभएन । संविधानको पालना गर्ने, संविधानको रक्षा गर्ने प्रमुख दायित्व राष्ट्रपतिको हो । सरकारले गरेको निर्णय संविधानको प्रतिकूल छ भने सरकारलाई सच्याउन राष्ट्रपतिले सुझाव दिने, सल्लाह दिने परम्परा छ । संसारभरिको चलन छ । यही अध्यादेश केही समय अघि ल्याउँदा सबै राजनीतिक दल, कानुन, विज्ञ, मिडियाले विरोधका कारण फिर्ता लिइएको थियो । फिर्ता गरिसकेको अध्यादेश लैजाँदा राष्ट्रपतिले त्यति चाँडो स्वीकृत गर्नु उहाँको कमजोरी हो ।’
प्रमुख सचेतक खाँडले नेपाली कांग्रेस सरकारले संविधानको प्रतिकूलतामा गरेको निर्णयको विरोधमा रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्न उदासिनता देखाएको छ । सरकारलाई उत्तरदायी बनाउने कुरामा जोड रहन्छ ।’
यस्तै सांसद दिव्यमणि राजभण्डारीले सरकार संविधान अनुरूप चल्नुपर्ने बताउनुभयो । सरकार आफुखुसी नचलेर संविधान अनुरूप लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुने गरी चल्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधानअनुसार चल्नुपर्यो । विधि, विधानअनुसार चल्नुपर्यो । नागरिकको हितको लागि लाग्नुपर्यो । आफुखुसी गरेर हुँदैन । सबैको रक्षा हुनुपर्छ । अहिले जुन परिस्थिति छ, यसरी देश चलाएर हुँदैन । संविधानअनुसार चलेन, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुनुपर्यो, दुरुपयोग होइन ।’
नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता गर्न र संसद् अधिवेशन बोलाउन पनि माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।