चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे
माघ २७, २०८१ आइतबार
काठमाण्डौ – पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अर्थतन्त्रलाई चलायमान बनाउन कृषि, उद्योग र व्यापारबीचको सन्तुलन मिलाउनुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले राज्यले नै कृषि, उद्योग र व्यापारबीचको सन्तुलन मिलाउने काम गर्नुपर्ने बताउनुभएको हो । त्यसमा पनि पहिलो प्राथमिकता किसानले पाउनुपर्ने उहाँले बताउनुभयो । अहिले देखिएका समस्याको समाधान गर्न छुट्टै संयन्त्रको विकास गर्नुपर्नेमा पनि पूर्वप्रधानमन्त्री भट्टराईले जोड दिनुभयो ।
सरकार, निजी क्षेत्र र जनप्रतिनिधि सम्मिलित संयन्त्र निर्माण गरी सबै समस्याको एकीकृत ढङ्गले छलफल गर्ने व्यवस्था मिलाउन प्रस्तावसमेत उहाँले गर्नुभयो ।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उल्लेख्य अवसर पाएको सरकार भएर पनि पछिल्लो तीन वर्षमा औद्योगिक र व्यावसायिक विकासका लागि कुनै काम गर्न नसकेको बताउनुभयो । ३४ पटकसम्म भुक्तानी लिन काठमाण्डौ आएका उखु किसानले अहिलेसम्म भुक्तानी पाउन नसक्नु त्यसैको उदाहरण भएको पनि बताउनुभयो । कुनै पनि किसान आफ्नो पेसाबाट आत्मनिर्भर हुन नसक्नुको कारण राम्रो मूल्यसँगै समयमा भुक्तानी नपाउनु नै रहेको पनि कार्कीले बताउनुभयो ।
बैठकमा उद्योगी, व्यवसायीहरूले कोभिडको प्रभावका कारण व्यावसायिक निरन्तरतामा कठिनाइ भएको बताएका छन् । सरकारले राहतका प्याकेज घोषणा गरे पनि ढिलो गरी कार्यान्वयनमा आउँदा व्यावसायिक निरन्तरता दिन नसकिएको उनीहरूले बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले समयमा नै व्यवसाय सुरु गर्न नसक्दा कर्मचारीको तलब, बैंकको ब्याज र घरभाडा तिर्न अहिलेसम्म पनि समस्या भइरहेको बताउनुभयो ।
यस्तै सरकारले उद्यमी, व्यवसायी र कृषकलाई लक्षित गरी घोषणा गरेका कार्यक्रम अझै कार्यान्वयनमा आउन नसक्दा समस्या यथावत् रहेको बताउनुभयो । यस्तै पुनर्कर्जा कोषको रकम र अवधि बढाउनुपर्ने, साना तथा मझौला उद्योग व्यवसायले सहजै पुनर्कर्जा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन उहाँले माग गर्नुभयो । कृषिलाई उद्योगसँग जोड्ने, बिचौलियालाई हटाउने र साना उद्योग, व्यवसायको व्यावसायिक निरन्तरता, कर्जा उपलब्ध गराउने र नयाँ व्यवसायलाई प्राथमिकतामा जोड दिएमा १० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव भएको पनि अध्यक्ष गोल्छाले बताउनुभयो ।
महासङ्घका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले ऐन नियम बनाउने, नियमन गर्ने र कार्यान्वयन गर्ने निकायको फरक–फरक सोच हुँदा व्यावसायिक वातावरणमा असर परेको बताउनुभयो । व्यावसायिक नीतिगत स्पष्टता र निरन्तरता भए मात्रै निजी क्षेत्र प्रोत्साहित हुने उपाध्यक्ष श्रेष्ठले भनाइ छ ।
उद्योगी, व्यवसायीहरूले कोभिडपछि कतिपय उद्योग व्यवसाय बन्द भइसकेको र कतिपय बन्द हुने अवस्थामा पुगेकाले सरकारले छिटोभन्दा छिटो राहत दिनुपर्ने बताएका छन् । सरकारले घोषणा गरेका प्याकेजको ढिलो कार्यान्वयन हुँदा उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।