चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे
माघ २७, २०८१ आइतबार
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता नभए थप कदम अघि बढाउने बताउनुभएको छ ।
पेरिसडाँडामा आफूपक्षका नेताहरूको भेलामा अध्यक्ष प्रचण्डले अध्यादेश फिर्ता गर्ने सहमति शीर्ष तहमा भएर स्थायी कमिटीबाट निर्णय र निर्देशन भइसक्दा समेत ओलीले आलटाल गरिरहनुले गलत सन्देश गइरहेको बताउनुभयो ।
ओलीले पार्टी विभाजन गर्ने योजनासहित एकपछि अर्को कदम चालिरहेको भन्दै उहाँले तत्काल यसलाई नियन्त्रण नगरिए ठूलो दुर्घटनामा फस्ने बताउनुभयो ।
पेरिसडाँडा भेलामा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरू सहभागी भएका थिए । अध्यादेश फिर्ता नभए विशेष अधिवेशनको माग फेरि ब्यूँतिने र संसद्बाटै निकास खोजिनुपर्ने प्रचण्ड–नेपाल निकट नेताहरूको भनाइ छ ।
गएको बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन लगाउने र संसद्काे विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा निवेदन दर्ता नगर्ने सहमति गरेको थियो ।
सहमतिको भोलिपल्ट नै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति उल्लङ्घन गरेको प्रचण्ड–माधव नेपाल पक्षको आरोप छ । ओलीले अध्यादेश फिर्ता नहुँदै भोलिपल्ट अर्थात् बिहीबार (हिजो) संवैधानिक परिषद् बैठक बोलाउनु भएसँगै नेकपाभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Padam Bahadur Rawal
Dec. 20, 2020, 2:55 p.m.कहिं नभएको जात्रा हाँडीगाउँमा भन्या यही हो! अरू राष्ट्र का नेतृत्वहरूलाई covid19को पिरलोले पोलि राखेको छ ,हाम्रो नेतृत्व कुर्सी को पाउने र गुमाउने पिरलो ले थला पर्न बेर छैन ।