सन् २०२१ आन्तरिक पर्यटन वर्ष : मन्त्री भट्टराई

 पुष ३, २०७७ शुक्रबार २०:२१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताउनुभएको छ ।  

शुक्रबार पर्यटन मन्त्रालयमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले तत्काल विदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा मनाउन तयारी गर्नुपर्ने बताउनुभएको हो । सरकारले आन्तरिक भ्रमण वर्ष भनेर घोषणा नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष हुने भएकाले यसैलाई जोड दिने गरी सरकारले योजना बनाइरहेको उहाँको भनाइ छ । 

कोरोना भाइरस सङ्क्रमको जोखिम रहेको अवस्थामा विदेशी पर्यटक आइहाल्ने अवस्था नभएकोले स्वास्थ्यका मापदण्ड पूरा गरेर पर्यटन बजारलाई बढाउन उहाँले व्यवसायीहरूलालाई आग्रह गर्नु भयो । 

फरक प्रसङ्गमा मन्त्री भट्टराईले अहिले चर्चामा रहेको दुई दिन सार्वजनिक बिदा दिने अवधारणा सही रहेको दाबी गर्नुभएको छ । यसभन्दा अघि लागू भइ असफल भएको चर्चा समय परिस्थितिअनुसार अहिले सही हुने भन्दै लागू गर्न सकिने उहाँले बताउनुभयो ।

कर्मचारीलगायत सबैमा दुई दिनको बिदाले पुनर्ताजगी बनाउने र आन्तरिक पर्यटन समेतलाई टेवा दिन सक्ने भएकोले सरकारले अगाडि सारेको दुई दिन सार्वजनिक बिदा दिने निर्णय सही हुन सक्ने पनि मन्त्री भट्टराईले बताउनुभयो । 

कार्यक्रममा मन्त्रालयका पर्यटन बोर्डका प्रमुख कार्यकारी डाक्टर धनञ्जय रेग्मी, होटल एसोसिएशन नेपालकी अध्यक्ष सिर्जना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कोभिडले नेपाली पर्यटन र अर्थ व्यवस्थामा परेको प्रभावबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया