देशभर उत्तर-पश्चिमी वायुको प्रभाव : तराईमा बाक्लो हुस्सु र काठमाण्डौमा पातलो कुहिरो

 पुष ४, २०७७ शनिबार ८:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभर उत्तर-पश्चिमी वायुको प्रभाव देखिएको छ ।

अहिले तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा भने केही पातलो कुहिरो लागेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम भने २ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो काठमाडौको तापक्रम यसवर्ष जाडो सुरु भएपछिकै कम १ दशमलव ६ डिग्रीमा झरेको थियो । आज अधिकतम तापक्रम भने १६ देखि १८ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ ।

बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नम्बर १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बद्ली हुने अनुमान छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया