चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे
माघ २७, २०८१ आइतबार
काठमाण्डाै - सरकारले कोभिड-१९ सङ्क्रमितको क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । अब कोरोना सङ्क्रमण भए सङ्क्रमित १० दिनमात्रै क्वरेण्टीन तथा आइसोलेशनमा बसे हुने भएको हो ।
यसअघि सङ्क्रमित क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि १४ दिन रहेको थियो । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण नसर्ने देखाएपछि क्वरेण्टीन वा आइसोलेशनमा बस्नुपर्ने समय अवधि घटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सङ्क्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै सङ्क्रमितलाई १० दिनमात्रै आइसोलेशनमा राख्ने भएको छ । पछिल्लो केही हप्तायता नेपालमा कोरोना सङ्क्रमणदर समेत घट्दै गएको छ । निको हुने दर बढेको छ ।
विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिने गरेकोमा अहिले घटेर पाँच सयदेखि एक हजारसम्म मात्रै सङ्क्रमित भेटिने गरेका छन् । सङ्क्रमितमध्ये निको हुने दर बढेर ९५ दशमलव ६ प्रतिशतमा पुगेको हो । यसले सङ्क्रमण दरभन्दा निको हुने दर बढ्दो क्रममा रहेको देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।