प्रचण्डलाई भेट्न ओली खुमलटारमा

 पुष ४, २०७७ शनिबार ११:२५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ ।

पार्टीमा आन्तरिक विवाद बढेका बेला ओली प्रचण्डलाई भेट्न उहाँकै निवास खुमलटार जानुभएको हो । ओली आफैं प्रचण्ड निवास जानुलाई अर्थपूर्णरुपमा हेरिएको छ । ओलीसँगै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि पुग्नुभएको छ । पार्टीभित्रको विवाद समाधानबारे यसअघि हिजो पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा पछिल्लो पटक नेकपाभित्र विवाद छ ।

यसअघि बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखेर पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो । नेकपा स्थायी कमिटीको अर्को बैठक भोलि बस्नेछ ।

केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।

तस्बिर : सूर्य थापाको ट्वीटरबाट

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया