बिरामीले अस्पताल पिच्छे रिपोर्ट बोक्न नपर्ने व्यवस्था कार्यान्वयनम...
माघ २७, २०८१ आइतबार
काठमाण्डौ - तराईका जिल्लामा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ । तर, यो बसस्तारै हट्दै दिउँसोको समयमा घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
उहाँका अनुसार बिहान लागेको बाक्लो हुस्सु दिउँसोको समयमा हटेर जानेछ । जसका कारण तराईका जिल्लामा तत्काल शीतलहरको सम्भावना नभएको उहाँको भनाइ छ । तर हुस्सु र कुहिरोका कारण चिसो भने बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद् कँडेलको सुझाव छ ।
पश्चिमी वायुको प्रभावका कारण पश्चिमका केही क्षेत्रको मौसम आज बद्ली हुने अनुमान छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकामा अहिले हुस्सु लागे पनि बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
काठमाण्डौको न्यूनतम तापक्रम आज ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।