स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु आफ्नो रहर नभइ बाध्यता भएको बताउनुभएको छ । आफू निकटका सांसदहरूसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले देशको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरू कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको जिकिर गर्नुभएको हो ।
पार्टीका एकथरि नेताले पार्टीलाई नागरिकले सुम्पेको जनादेश बिर्सेर सधैँ सरकारका काममा अवरोध मात्रै गरेकोले आफूले यस्तो कदम चाल्न बाध्य भएको उहाँको दाबी छ । प्रचण्ड र माधव नेपालले पार्टी एकतामा भावनात्मक सम्मानका लागि गरिएको व्यवस्थालाई दुरुपयोग गरेर पछाडि फर्कनै नसक्ने गरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने काममा अग्रसर भएकाले पार्टीको आन्दोलन र भविष्य जोगाउन अरू कुनै विकल्प नभएपछि जनादेशका लागि नागरिकमा जाने निर्णय गरेको उहाँको भनाइ छ ।
नागरिकले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनता समक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नागरिककाे मतबाट निर्णय लिने कदमलाई निरङ्कुश भनेर दुष्प्रचार गर्ने काम भएको बताउनुभयो ।
उहाँले सरकार गठन भएको केही समयदेखि नै देशलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने हरेक कदममा व्यक्तिगत स्वार्थ तेर्स्याएर पाइला छेक्ने प्रयास भएको बताउनुभयो ।
‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, नागरिकसँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरू कहिल्यै राजी हुनुभएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरूको स्वार्थपूर्तिले घेरिनु पर्याे’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जस्तोसुकै दुष्प्रचारको सहारा लिए पनि नागरिकले यो कुरा बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले लामो समयदेखि लथालिङ्ग रहेको देशको अवस्था सुधार्न गरिएका कामलाई ओझेलमा पार्न तिनै बेथितिका झिल्काहरू टिपेर देश बर्बाद भएको भन्दै दुष्प्रचार भइरहेको बताउनुभयो ।
‘साढे दुई वर्षमा यति धेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौँ र यसमा सफलता पनि पाएका छौँ । वर्षाैँदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए’, प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ नागरिकले बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभाका सदस्यहरूलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन दिनुभयो । ‘तपाईँहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामलाई रोक्न भएका षड्यन्त्रबारे नागरिकलाई बुझाउनुहोस्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसले काम गर्याे, कसले काम गर्न अवरोध गरेर षड्यन्त्र तिकडम मात्र गर्याे, नागरिकलाई बुझाउनुपर्छ ।’
यस्ताे छ पूर्णपाठ–
मुलुक निर्माणका हरेक पाइलामा अवरोध गरेपछि ताजा जनादेश लिने निर्णय गरेँ– प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरू कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताउनुभएको छ ।
विघटित प्रतिनिधिसभाका सदस्यहरुको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको वताउनु भएको हो । उहाँले विचार, संगठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको बताउनुभयो ।
‘हामी एकता एकीकरणका काम टुङ्ग्याएर सहमतिका साथ एकताको महाधिवेशन गर्ने, विचार, संगठन र गन्तव्यमा स्पष्ट पार्टी बनाउन सक्रिय थियौं । तर, उहाँहरु एकतामा भावनात्मक सम्मानका लागि गरिएको व्यवस्थालाई दुरुपयोग गरेर पछाडि फर्कनै नसक्नेगरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने र बिग्रह, बेमेलको वतावरण निर्माण गर्न अग्रसर हुनु भयो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसद् बिघटन मेरो निजी रोजाई होइन, पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै विकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु पर्यो ।’
जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृत्रिम न्यारेटिभ खडा गर्ने प्रयास भएको पनि बताउनुभयो । ‘अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो ।’
उहाँले सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हरेक कदममा ब्यक्तिगत स्वार्थ तेर्स्याएर पाइला छेक्ने प्रयास भएको बताउनुभयो । ‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थपूर्तिले घेरिनु पर्यो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जस्तोसुकै दुष्प्रचारको सहारा लिए पनि जनताले यो कुरा बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले लामो समयदेखि लथालिङ्ग रहेको मुलुकको अवस्था सुधार्न गरिएका कामहरूलाई ओझेल पार्न तिनै बेथितिका झिल्काहरू टिपेर मुलुक बर्बाद भएको भन्दै दुश्प्रचार भइरहेको बताउनुभयो । ‘साढे दुई वर्षमा यतिधेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौं र यसमा सफलता पनि पाएका छौं । वर्षाैँदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए ।’ प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन दिनु भयो । ‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरूलाई रोक्न भएका षडयन्त्रबारे जनतालाई बुझाउनुहोस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसले काम ग¥यो, कसले काम गर्न अवरोध गरेर षडयन्त्र तिकडम मात्र गर्यो, जनतालाई बुझाउनु पर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।