देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढ्यो, काठमाण्डौको तापक्रम ४ डिग्री सेल्सियस

 पुष ७, २०७७ मंगलबार ७:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको छ । रातको समयमा बादल लागेकाले देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार देशका धेरै ठाउँको न्यूनतम तापक्रम औसतमा १ डिग्री सेल्सियसले बढेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ४ डिग्री सेल्सियस पुगेको छ । हिजो ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै, आज काठमाण्डौको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

रातको समयमा बादल लाग्दा पृथ्वीको ‘रेडियसन’लाई बादलले छेकिदिने हुँदा न्यूनतम तापक्रम बढ्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । मौसमविद्ले न्यूनतम तापक्रम सूर्योदय हुनुपूर्व मापन गर्ने गरेका छन् । यसैबीच, पश्चिमी वायुको प्रभावका कारण आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्को अनुमान छ ।

आज काठमाण्डौ उपत्यकामा हिजोको जस्तो घाम नलाग्ने मौसमविद् बासीले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण आज घाम मधुरो लाग्ने पनि मौसमविद्ले बताएका छन्  ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया