गल्फागाड बेलिब्रिजको काम सकियो, गाडी भने तत्काल सञ्चालनमा नआउने

 पुष ७, २०७७ मंगलबार ९:६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला - लकडाउनका कारण रोकिएको हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिब्रिजको काम सकिएको छ ।

गएको वर्षको माघदेखि सुरु भएको बेलिबिज्र निर्माणको काम नेपाली सेनाको कर्णाली काेरिडोर निर्माण कार्यदलले गरेको थियो । गल्फागाडमा बेलिब्रिज जडान सकिए पनि गाडी भने तत्काल सञ्चालनमा नआउने भएको नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले बताउनुभयो ।

जडान सकिए पनि बेलिब्रिजको दुवैपट्टि रेम बनाउन झण्डै दुई हप्तादेखि एक महिनासम्म लाग्न सक्ने भएकाले गाडी भने तत्काल सञ्चालनमा नआउने उहाँको भनाइ छ । गल्फागाडको पुल निमार्ण सम्पन्न भएसँगै सर्केगाड गाउँपालिका, देशलगायत तुम्च वालुकुनासम्म जान सहज हुने भएको छ ।

यस्तै नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोरको हुम्ला सडकखण्डको आफूले जिम्मा लिएको काम ९० प्रतिशत सम्पन्न गरेको जनाएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया