नेप्से झण्डै सय अङ्कले बढ्यो, ११ वटा कम्पनीका शेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाए

 पुस ७, २०७७ मंगलबार १६:१३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से मङ्गलबार झण्डै एक सय अङ्कले बढेको छ । कारोबार हुने सबै समूहको शेयर बढेपछि नेप्से ९५ दशमलव ४६ अङ्कले बढेर २ हजार ६१ दशमलव ४२ विन्दुमा पुगेको छ । 

मङ्गलबार जीवन बीमा समूहको शेयर ९ सय ५० अङ्कले, निर्जीवन बीमा समूहको ५ सय २७ अङ्कले, उत्पादनको १ सय १३ अङ्कले, माइक्रो फाइनान्सको १ सय ७ अङ्कले, जलविद्युतको ८० अङ्कले, व्यापारको ७७ र बैंकिङ समूहको ७० अङ्कले बढेको छ । 

मङ्गलबार दुई सय पाँच कम्पनीका एक करोड २७ लाख कित्ता शेयर ६ अर्ब ७४ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ८६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

११ वटा कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि नारायणी विकास बैंक र युनाइटेड मर्दी जलविद्युत् कम्पनीका शेयरधनीले भने नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।  

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया