नेप्से ७ अङ्कले बढ्यो, नेपाल लाइफ इन्स्योरेन्सको मात्रै झण्डै डेढ अर्बको कारोबार

 पुस ८, २०७७ बुधबार १६:१४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधबार (आज) सात अङ्कले बढेको छ । बैंक र जीवन बीमा समूहको शेयर उकालो लागेपछि नेप्से ७ दशमलव शून्य ४ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४५ विन्दुमा पुगेको हो ।

बुधबार बैंकिङ समूहको शेयर २४ अङ्कले र जीवन बीमा समूहको शेयर ३ सय ९४ अङ्कले बढेको छ । जलविद्युत्, होटल, व्यापार, माइक्रो फाइनान्स, उत्पादनलगायतका अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

बुधबार दुई सय तीन कम्पनीका एक करोड १५ लाख ५८ हजार कित्ता शेयर ६ अर्ब ८६ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक अर्ब ४३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो कुनै पनि कम्पनीको एकै दिन भएको कारोबारमध्ये अहिलेसम्मकै धेरै हो ।

बुधबार नबिल बैंक र समृद्धि फाइनान्सका शेयरधनीले नाै प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । युनाइटेड मर्दी हाइड्रो र नारायणी विकास बैंकका शेयरधनीले भने नाै प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया