जनकपुरकाे मिथिला डिपार्टमेन्ट स्टाेरमा लागेको आगो नियन्त्रणमा आयाे, ठूलाे क्षति

 पुष ९, २०७७ बिहीबार १४:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

धनुषा – जनकपुरधाममा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा र एक रेस्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ । जनकपुरथाम उपमहानगरपालिका २ शिवचोकमा रहेको डिपार्टमेन्ट स्टोर र एक रेस्टुरेन्टमा लागेको आगो भर्खरै निभाइएको उपमहानगरपालिकाका उपप्रमुख रीताकुमारी मिश्रले उज्यालोलाई जानकारी दिनुभयो । 

धनुषा र महोत्तरीबाट पाँच वटा वारुण यन्त्र, प्रहरी र स्थानीयकाे सहयोगमा आगो निभाइएको हो । धनुषाको धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुर एअरपोर्ट र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुण यन्त्र आगो निभाउन घटनास्थलमा पुगेको थियो ।

आगोले करोडौँ रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको उपमहानगरपालिकाका उपप्रमुख मिश्रको भनाइ रहेको छ । बिहीबार बिहान ११ बजेदेखि लागेको आगाे केही बेरअघि निभाइएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया