‘संसद् विघटनप्रति भारतले चासाे दिएकाे छ’

 पुस ९, २०७७ बिहिबार २०:१२:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रमलाई लिएर भारतले चासाे दिएकाे बताएकाे छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा प्रतिनिधि संसद् विघटनपछि देखिएकाे पछिल्लाे राजनीतिक घटनाक्रमलाई भारतले 'नाेट' गरेकाे बताएका हुन् ।

उनले भने, 'नेपालमा भएकाे पछिल्लाे राजनीतिक घटनाक्रममा हामीले ध्यान दिएका छाैँ । याे नेपालकाे आन्तरिक मामिला हाे, नेपालले यसबारेमा लाेकतान्त्रिक प्रक्रियाअनुसार फैसला गराेस् भन्ने भारत चाहन्छ ।'

मन्त्रालयका प्रवक्ता श्रीवास्तवले भारतले सधैँ नेपाल र नेपाली नागरिकका बारेमा राम्राे साेच्ने बताए । 'नेपालका नागरिक शान्ति, समृद्धि र विकासकाे बाटाेमा अघि बढून् भन्नका लागि भारतले एक छिमेकीका रूपमा नेपालकाे समर्थन गर्नेछ ।'

गएकाे आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियाे । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हाे । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।   

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया