काठमाण्डौ उपत्यकामा चिसो बढ्यो : हिजोभन्दा आज २ डिग्री तापक्रम घट्यो

 पुष १०, २०७७ शुक्रबार ७:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बादल हटेसँगै काठमाण्डौ उपत्यकामा चिसो बढेको छ । अस्ति र हिजो बिहान बादल लागे पनि आज बिहानैदेखि आकाश खुला भएकाले चिसो बढेको हो ।

काठमाण्डौमा हिजोभन्दा आज २ डिग्री तापक्रम घटेको छ । आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । तराई र पहाडका केही ठाउँमा हुस्सु र कुहिरो भने लागेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

आज दिउँसो पहाडी केही ठाउँमा आंशिक बदलीको सम्भावना छ । त्यस्तै प्रदेश एकमा राति आंशिक बदली रहने अनुमान गरिएको छ । अरु ठाउँको मौसम भने सफा रहने अनुमान छ ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया