अदालतले हाम्राे पक्षमा फैसला सुनाउने विश्वास छ : प्रचण्ड

 पुष १०, २०७७ शुक्रबार १६:१४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा भङ्ग गर्ने निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभएको  छ । 

काठमाण्डौको बबरमहलमा रहेको एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले जालझेल गरी प्रतिनिधि सभा भङ्ग गरेको भन्दै शान्तिपूर्ण सशक्त आन्दोलनमार्फत यो कदमलाई परास्त गरेरै छोड्ने दाबी गर्नुभयो । 

उहाँले प्रतिनिधि सभा विघटन हुनु इतिहासकै कालो दिन भएको भन्दै निरङ्कुश कदमविरुद्ध डटेर लड्ने बताउनुभयो । यस्तै उहाँले लामो सङ्घर्ष र हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र गणतन्त्रको रक्षा गर्ने दायित्व आएको बताउनुभयो । 

प्रतिनिधि सभा भङ्ग भएको विषय सर्वोच्च अदालतसम्म पुगेको र आफूलाई न्यायालयप्रति भरोसा भएको पनि बताउनुभयो । उहाँले अदालतले सरकारको विपक्षमा नै फैसला सुनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया