नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेकाे बस चितवनमा पल्टिँदा २३...
माघ २७, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै सात जना मन्त्रीले राजीनामा दिएकाले रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्री ओलीले मन्त्री नियुक्तिको तयारी गर्नुभएको हो ।
पूर्वमाओवादीतर्फका टोपबहादुर रायमाझी, प्रभु शाह, दावा तामाङ, गौरीशङ्कर चौधरी, मणि थापालगायतका नेताहरूलाई मन्त्री नियुक्त गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।
नयाँ थपिएका मन्त्रीहरूलाई अहिले बेलुकी साढे ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ खुवाउने कार्यक्रम रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।