नेकपा फुटेकाे छैन, संविधानले नै दिँदैन : झलनाथ खनाल

 पुष १०, २०७७ शुक्रबार १८:५१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपा नफुटेको दाबी गर्नुभएको छ । 

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीका आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै वरिष्ठ नेता खनालले नेकपा अहिलेसम्म नफुटेको दाबी गर्नुभएको हो ।

उहाँले नेकपालाई फुट्न संविधानले नदिने तर्क गर्नुभयो । पार्टी फुट्न संसदीय दलमा ४० प्रतिशत पुर्‍याउनुपर्ने र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था रहेको भन्दै बहुमत आफूहरूसँग भएकोले पार्टी नफुटेको उहाँको भनाइ छ । पार्टीमा कोही चोइटिए पनि वडा तहसम्म पार्टी सङ्गठित रहेको वरिष्ठ नेता खनालले बताउनुभयो ।

नेकपा दुई पार्टीको एकीकरणबाट बनेको विशिष्ट परिस्थितिमा दुई अध्यक्ष राखिएको भए पनि दुवै अध्यक्ष बराबरी रहेको वरिष्ठ नेता खनालको भनाइ छ । नेता खनालले प्रधानमन्त्री ओलीको गोमन साँपको जस्तो प्रवृत्ति रहेको टिप्पणी पनि गर्नुभयो ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया