मन्त्रिपरिषद् हेरफेर : ८ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

जगत विश्वकर्मा र माेती दुगडकाे पद खाेसियाे

 पुस १०, २०७७ शुक्रबार २०:३६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएकाे छ । प्रधानमन्त्रीले एक जना राज्यमन्त्री र आठ नयाँ मन्त्री नियुक्त गर्नुभएकाे हाे । 

नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै राष्ट्रपति कार्यालय शीतल निवास पुगेर पद तथा गाेपनियताकाे शपथ लिएका छन् । 

टाेपबहादुर रायमाझीले ऊर्जा, प्रभु साहले सहरी विकास, मणिचन्द्र थापाले खानेपानी र गाैरीशङ्कर चाैधरीले श्रम मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे हाे । त्यस्तै गणेशसिंह ठगुन्नाले सङ्घीय, प्रेमबहादुर आलेले वन, जुलीकुमारी महताेले महिला र दावा लामा तामाङले युवा मन्त्रालयकाे जिम्मेवारी पाउनुभएकाे छ । 

साथै विमला विकले राज्यमन्त्रीकाे जिम्मेवारी पाउनुभएकाे छ । 

नयाँ मन्त्रिमण्डल विस्तार हुँदा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी भने खोसिएको छ । 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया