नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेकाे बस चितवनमा पल्टिँदा २३...
माघ २७, २०८१ आइतबार
काठमाण्डाै - उखु किसानले काठमाण्डौको माइतीघर मण्डलामा थालेको आन्दोलनको आज दुई हप्ता पुगेको छ ।
सरकारले बक्यौता भुक्तानीको ग्यारेन्टी नगरेसम्म आन्दोलन नरोकिने उखु किसानहरुले बताएका छन् । भुक्तानीको ग्यारेन्टी सरकारले लिनुपर्ने बताउँदै आन्दोलनबाट पछि नहट्ने उनीहरुको अडान छ । सर्लाही, रौतहटलगायतका जिल्लाबाट आएका उखु किसानले गएको मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका थिए ।
सरकारले एक हप्ताको समय दिए पनि भुक्तानीको ग्यारेन्टी नभएकाले आन्दोलनलाई निरन्तरता दिनु परेको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो । सरकारले पटक–पटक सम्झौता गरेर किसानलाई झुक्याइएकाले पूरै भुक्तानी नपाउँदासम्म यो आन्दोलन नरोकिने उनीहरुको अडान छ ।
उद्योगीहरुले किसानको बक्यौता भुक्तानी कति गरेको हो भन्ने अहिलेसम्म स्पष्ट नभएको भन्दै मिश्रले उद्योगीहरुले दिएको भुक्तानीको विवरण सार्वजनिक गर्नुपर्ने पनि माग गर्नुभयो । सरकारले आफूहरुलाई दिएको समयसम्म पर्खने तर, त्यो समयसम्म भुक्तानी अनिवार्य दिनुपर्ने उखु किसानको अडान छ ।
यसअघि पोहोर पुस १८ गते मन्त्रालयले माघको ७ गतेभित्र उखु किसानले पैसा पाउनेगरी उद्योगीसँग सम्झौता गरेको थियो । तर किसानले अहिलेसम्म पैसा पाएका छैनन् । उखु बापतको झण्डै ९० करोड रुपैयाँ बक्यौता पाउन बाँकी रहेको किसानले बताउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।