नेप्से ४० अङ्कले घट्यो, साढे ४ अर्बभन्दा धेरैको कारोबार

 पुस १२, २०७७ आइतबार १६:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झण्डै ४० अङ्कले घटेको छ । कारोबार भएका सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ३९ दशमलव ९८ अङ्कले घटेर १९ सय ९८ दशमलव ६५ विन्दुमा झरेको हो ।

आइतबार जीवन बीमा समूहको शेयर ५ सय १९ अङ्कले, निर्जीवन बीमा समूहको २ सय ३८, होटलको ९३, उत्पादनको ४६, माइक्रो फाइनान्सको ४२, बैंककाे २३, जलविद्युतको ३० र अन्य समूहको शेयर ४३ अङ्कले घटेको छ ।

आइतबार २ सय ४ वटा कम्पनीका ८१ लाख ७७ हजार कित्ता शेयर ४ अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार सोल्टी होटल र विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि नारायणी विकास बैङ्कका लगानीकर्ताले झण्डै ९ प्रतिशत कमाएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया