राष्ट्रपतिद्वारा राष्ट्रिय सभाकाे अधिवेशन आह्वान

 पुस १२, २०७७ आइतबार १७:८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदाे शुक्रबार दिउँसो चार बजेका लागि बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले संविधानकाे धारा ९३ काे उपधारा (१) बमाेजिम अधिवेशन आह्वान गर्नुभएकाे हाे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया