नेप्से साढे ८ अङ्कले बढ्यो, कारोबार रकम ४ अर्बभन्दा कम

 पुस १३, २०७७ सोमबार १५:२७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबार ४० अङ्कले घटेको शेयर बजार सोमबार भने सामान्य बढेको छ ।

नेप्से सोमबार ८ दशमलव ५७ अङ्कले बढेर २ हजार ७ दशमलव २९ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केहीबेरमा घटेर १९ सय ८५ विन्दुसम्म झरेको नेप्से बन्द हुने बेलामा भने उकालो लागेको हो ।

उत्पादन समूहको शेयर ९५ अङ्कले बढेको छ भने निर्जीवन बीमा समूहको शेयर ७५ अङ्कले उकालो लागेको छ । यस्तै जीवन बीमाको २९, बैंकिङ समूहको नौ, होटलको तीन र माइक्रोफाइनान्स समूहको शेयर ६ अङ्कले बढेको छ ।

सोमबार २ सय १४ कम्पनीका ७४ लाख ९७ हजार कित्ता शेयर ३ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै एनआईसी एसिया बैंक, नागरिक लगानी कोष र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ३० करोड  रुपैयाँभन्दा धेरैका दरले कारोबार भएको छ । नारायणी विकास बैंक र सेन्ट्रल फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

समग्र बजार बढे पनि समिट लघुवित्त र समृद्धि फाइनान्सका लगानीकर्ताले तीन प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया