हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – यस वर्ष गएको वर्षभन्दा ७० हजार मेट्रिक टन धेरै धान फलेको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले आज (साेमबार) सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष चैते र बर्खे गरी ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान फलेको छ ।
पछिल्लो पाँच वर्षमा धानको उत्पादन ७ दशमलव ८४ प्रतिशत अर्थात् तीन लाख ९१ हजार मेट्रिक टनले बढेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै धान खेती हुने क्षेत्रफल पनि १४ हजार पाँच सय हेक्टरले बढेर १४ लाख ७३ हजार पाँच सय ५९ हेक्टरमा पुगेको छ ।
यस्तै धान उत्पादकत्व पनि शून्य दशमलव २८ प्रतिशतले बढेर अहिलेसम्मकै धेरै ३ दशमलव ८२ मा पुगेको छ । बेलैमा मनसुन सुरु भएको, गएकाे वर्षमा भन्दा ४ सय ४१ मिलिमिटर धेरै वर्षा भएको, लकडाउनले गर्दा जनशक्ति धानखेतीमा लागेको, बिउको सहजता, क्षेत्रफल विस्तारलगायतका कारण धान उत्पादन बढेको पनि मन्त्रालयले जनाएको छ ।
युरिया मलको अभाव भए पनि धान उत्पादनको ७० प्रतिशत हिस्सा ओगट्ने तराईका जिल्लाका किसानले भारतबाट अनौपचारिक रूपमा मल ल्याएर हालेको पनि मन्त्रालयको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।