हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
कास्की – पोखरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पटक टावर क्लाइम्बिङ सुरु भएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालीले पोखरा १७ रातोपैरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पटक टावर क्लाइम्बिङ सुरु गरेको छ ।
३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा पूर्ण सुरक्षा सावधानीमा क्लाइम्बिङको संरचना तयार गरिएको अध्यक्ष सन्तोष भट्टराईले बताउनुभयो । टावर क्लाइम्बिङ गर्न एक जनाको एक हजार रुपैयाँ तोकिएको छ । टावर चढ्दा आवश्यक उपकरण कम्पनीले नै ब्यवस्था गर्ने भट्टराईले जानकारी दिनुभयो ।
‘टावरमाथि पुगेर फराकिलो हिम शृङ्खलासँगै पोखरा आसपासका दृश्य अवलोकन गर्न सकिन्छ र टावरमै बर्थडे, एनिभर्सरीलगायतका सेलिब्रेशनको प्याकेजसमेत बनाएका छौँ’, भट्टराईले भन्नुभयो ।
अबको केही महिनामै बन्जी सुरु गरिने भट्टराईले जानकारी दिनुभयाे । टावरको संरचनागत काम सकिएको र कोरोनाका कारण जापानबाट प्राविधिक आउन बाँकी भएकोले बन्जी सुरु हुन ढिलाइ भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sameer Magar
Dec. 29, 2020, 6:09 a.m.तपाईहरुलाई धेरै धेरै धन्यवाद छ / पोखरा मै भएर पनि त्यो ओझेलमा थियो, अब बन्जिजम्प,भ्युटावरको कारण त्योठाउंले आफ्नो पहिचान बनाउनेछ।