हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – छिमेकी देश चीनसँगको उत्तरी नाका बन्द हुँदा नेपालमा महँगी बढेको छ । फलफुल, लत्ताकपडालगायत मेसिनरी सामानको भाउ ह्वात्तै बढेको हाे ।
कोरोना भाइरसको जोखिम रहेको कारण देखाउँदै चीनले लामो समयदेखि नाका बन्द गरेको छ । स्वास्थ्य सामग्री ल्याउनका लागि बिरलै मात्र खुल्ने यो नाकाबाट कहिलेकाहीँ फाट्टफुट्ट अन्य सामग्री पनि भित्रने गरेको छ । तर त्यो पर्याप्त नहुँदा चीनबाट ल्याउने सामानको ढुवानी महँगो पर्न थालेको छ ।
चीनसँगको मुख्य नाका तातोपानी र केरुङ ठप्प हुँदा भारतको कोलकाता हुँदै सामग्री नेपाल ल्याउनुपर्ने बाध्यता छ । ढुवानीको लागत बढ्दा नेपालमा अहिले फलफुलको भाउ पनि आकासिएको छ ।
कोरोना भाइरसको जोखिमसँगै बजारमा स्याउको भाउ २५ देखि ३० प्रतिशले बढेको छ । सय रुपैयाँमा पाइने स्याउ अहिले खुद्रामा दुई सय ५० रुपैयाँसम्म पुगेको छ । ढुवानी खर्च पनि यही अनुपातमा बढेकाले भाउ बढेको नेपाल फलफुल थोक व्यवसायी सङ्घका कोषाध्यक्ष काशीराम सापकोटाले बताउनुभयो ।
नाकामा सहज आवागमन नहुँदा नेपाल आउने स्याउ चीनबाट भारतको कोलकातासम्म पानीजहाजमा ल्याइन्छ । त्यसपछि भारतीय गाडीमार्फत काँकडभित्ता र त्यहाँबाट नेपाली गाडीमार्फत स्याउ काठमाण्डौलगायत नेपाली बजारमा ल्याउने गरेको नेपाल फलफुल थोक व्यवसायी सङ्घका कोषाध्यक्ष काशीराम सापकोटाले बताउनुभयो । यसले गर्दा ढुवानी खर्च बढेको उहाँको तर्क छ ।
यस्तै पछिल्ला केही दिनयता पानीजहाजको भाडा पनि बढेकाले नेपाली बजारमा स्याउको भाउ अझै बढ्न सक्ने उहाँको अनुमान छ । आउँदो माघ महिनाको दोस्रो हप्तादेखि स्याउको भाउ अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।
तातोपानी र केरुङ नाकाबाट सजिलै आवागमन हुँदा सस्तो जातका स्याउ नेपाल भित्रने गरेको थियो । तर नाका बन्द हुँदा छिटो खरिद बिक्री हुने सस्तो जातको स्याउ ल्याउन समस्या भएपछि लामो समयसम्म नबिग्रने गुणस्तरीय जातको स्याउ ल्याउँदा पनि महँगो पर्न गएको उहाँको भनाइ छ ।
स्वदेशी स्याउले बजार नपाउँदा र मागअनुसारको उत्पादन नहुँदा नेपालमा बर्सेनि सात– आठ अर्ब रुपैयाँ बराबरको स्याउ चीनबाट आयात हुँदै आएको छ । तातोपानी नाकाका भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार अहिले यो नाकाबाट १०–१५ वटा कन्टेनर नेपाल आइरहेका छन् । तर यी कन्टेनरमा फलफुललगायत नयाँ सामानभन्दा पनि बाटोमा अलपत्र परेका पुरानै सामान आउने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।