महामारीकै अवधिमा झण्डै २६ हजारले लिए पुनः श्रम स्वीकृति, नयाँ श्रम लिनेको सङ्ख्या पनि बढ्दै

 पुस १४, २०७७ मंगलबार १६:४२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीकै अवधिमा झण्डै २६ हजार जनाले विदेश जान पुनः श्रम स्वीकृति लिएका छन् ।

पुस ८ गतेसम्ममा बिदामा स्वदेश आएर फर्कन खोज्ने २५ हजार ७५४ जनाले पुनः श्रम स्वीकृति लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कोरोना महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र गन्तव्य देशले पनि प्रतिबन्ध लगाउँदा बिदामा आएका धेरै श्रमिक फर्कन पाएका थिएन् ।

सरकारले गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन सुरु गरेको थियो । यस्तै सरकारले गएको भदौ १४ गतेदेखि श्रम स्वीकृति खोलेपछि ७ हजारभन्दा धेरैले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । मन्त्रालयका अनुसार संस्थागत र व्यक्तिगत गरी ७ हजार ३३५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

यस्तै १४ सय २१ जनाले वैधानिकरण गरेका छन् । गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको वर्ष फागुन अन्तिम हप्तादेखि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुवै रोकिएको थियो । तर पछिल्लो समय फेरि बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिन थालेपछि त्यसको प्रभाव खाडीमा पनि पर्न थालेको छ ।

खाडीका देश ओमान, कुवेत र साउदीले सबै अन्तर्राष्ट्रिय उडानहरु रोकेका छन् । गन्तव्य देशले अन्तर्राष्ट्रिय उडान रोक्दा कतिपय श्रमिकहरु जान पाएका छैनन् भने टिकट काटिसकेकाहरु पनि स्वदेश फर्कन पाएका छैनन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया