लाइसेन्सका लागि अनलाइन फारम कसरी भर्ने ?

 पुस १४, २०७७ मंगलबार १९:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुला भएसँगै आवेदन दिनेको चाप छ ।

लामो समयपछि फारम खुलेकाले आवेदन दिनेको चाप भएकाले अनलाइन साइट नखुल्ने समस्या देखिएको र समस्या समाधानको प्रयास पनि भइरहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चार पाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

लाइसेन्सका लागि अनलाइनमार्फत कसरी आवेदन दिने त ?

१) सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np खोल्ने र ‘अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली’ लिंकमा क्लिक गर्ने ।

२) त्यहाँ सबैभन्दा माथि रहेको ‘Online Driving License Registration ’मा क्लिक गर्ने र ’सिटीजनसिप’मा नेपाल छानेर New license मा अप्लाई गरि प्रोसिड गर्ने ।

३) त्यसपछि त्यहाँ खुल्ने फारम भर्ने र सबै विवरणभरि  ‘submit’ मा क्लिक गर्ने । (त्यहाँ भएका ‘category ’ र  ‘mobile number ’ भर्नै पर्छ, एक पटक लेखेपछि मिलाउन पनि मिल्दैन ।)

४) अनलाइनमा फारम भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्छ । तोकिएको समयमा आवेदक फारमसहित बायोमेट्रिक दिनका लागि सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ । बायोमेट्रिक दिनबारे वेबसाइटमै उल्लेख छ । बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिनेलगायतका कामहरु गरिन्छ ।

५) अनलाइनमा आवेदन दिएपछि सिस्टमले नै विभागको कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ । त्यसपछि फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा उपस्थित हुनुपर्छ ।

६) तोकिएको कोटा नसकिएसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न मिल्छ ।

७) परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।

अन्तिम अपडेट: चैत १५, २०८०

11 Comments

  • Birendra

    Jan. 5, 2021, 8:12 a.m.

    पहिले लाइनमा बसेर समय जान्थ्यो । अहिले निरर्थक अनलाइनमा बसेर । जे होस यातायात व्यवस्था विभागले कोभिडका सम्बन्धमा घरमै बस्न र सडकमा आन्दोलनमा नजान कम्तिमा नयाँ लाइसेन्सको जरूरत परेका र सवारी थप गर्नुपर्नेहरूलाइ भने रोकेको छ । यातायात व्यवस्था कार्यालयले कम्तिमा गर्नसक्ने काम भनेको सबैको फारम रजिष्ट्रेशन गरिदिएर मिति अनुसार पालोमा राखिदिए हुनेथियो । यस्तो लाजमर्दो अवस्था कहिं देखिएन । जय राष्ट्र ।

  •  0 Reply
  • Anup Sharma

    Jan. 1, 2021, 11:36 a.m.

    License

  •  0 Reply
  • Suraj

    Dec. 31, 2020, 7:55 a.m.

    बिहानको ६ बजे नै प्रयास गर्दा पनि यातायात व्यवस्था विभागको वेभसाइट र अनलाईन सवारी चालक अनुमतिपत्र फारम खुल्दैन । यस्तै भई रहने हो भने हामि यो कुरा बुझ्न बाध्य हुन्छौ कि अनलाईन फारम भर्ने प्रणाली हामी सर्वसाधारणका लागि नभएर ति तमाम ड्राईभिङ स्कुलहरुका सुबिधा का निम्ति मात्र हो। हामिले जति प्रयास गरे पनि नहुने तर उनिहरुले मागे जति रकम तिरे पछि उनिहरुले चै गर्दा फ्याट्टै हुने । यस्ता समस्या सिघ्र सुधार गरियोस ।

  •  0 Reply
  • mahesh

    Dec. 30, 2020, 9:31 p.m.

    यो यातायातको काम नै छैन / न त ट्रायल पास भएका \लाई लाइसेन्स समयमा दिन्छ , न त लाइसेन्सको फर्म नै भर्न मिल्छ मज्जाले ...बल्ल तल्ल फर्म खोलेको ..त्यो पनि बिहान ५ बजे देखि नै फर्म भर्न शुरु गर्दा पनि जिल्ला नै नभेटिने प्रमुख समस्या ...अनि कसरी फर्म पठाउने / साँझ सम्म फर्म त जान्छ, तर कोटा पुरा भैसक्यो भनेर सेभ नै हुँदैन / यता ट्राफिकले लाइसेन्स माग्छ ...उता यातायात कार्यालयले नागरिकको आवश्यकता पुरा गर्न नै सक्दैन / त्यसमा पनि नियम के रे ...जाँचमा फेला भए ३ महिना कुर्नपर्ने ...यसमा के वैज्ञानिक कारण छ ?? सिधै अर्को १५ दिनमा जांच दिन पाउनुपर्ने हो / मान्छेले ३/३ महिनासम्म एउटा लाइसेन्सको जांच दिन कुरेर बस्न सक्छ ? यस्तो कुराले धेरैलाई झर्को लाग्छ /

  •  0 Reply
  • Roshan Tharu

    Dec. 30, 2020, 8:39 p.m.

    Car

  •  0 Reply
  • Nanda bahadur malla

    Dec. 30, 2020, 6:12 p.m.

    Yes

  •  0 Reply
  • अभिशेक चौधरी

    Dec. 30, 2020, 6:08 p.m.

    New license

  •  0 Reply
  • Sabina shakya

    Dec. 30, 2020, 10:52 a.m.

    Online services is good

  •  0 Reply
  •  0 Reply
  • Tribikram ghimire

    Dec. 30, 2020, 7:44 a.m.

    Bike ko licence from

  •  0 Reply
  • Hari Thapa

    Dec. 29, 2020, 8:08 p.m.

    आज खुलेकाे फर्म आजै काेटा सकियाे रे! टाउकै दु:खेर आयाे।यथार्थ के रहेछ गएर बुझिदिनु प-याे।

  •  1 Reply

तपाईको प्रतिक्रिया