मैले जति काम इतिहासमा कसैले गरेको छैन : ओली

 पुस १५, २०७७ बुधबार १७:२३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले जति काम इतिहासमा कसैले नगरेको जिकिर गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले भूकम्पपछिको पुनर्निर्माण र अन्य विकास निर्माणका आयोजनाको काम तिव्र गतिमा सम्पन्न भइरहेको दाबी गर्नुभएको हो । ‘भूकम्पपछिको पुनर्निर्माण र बाढिपहिरो पीडितको लागि हामीले यति तिव्र काम गर्‍यौँ, यस्तो तिव्रताका साथ काम अहिलेसम्म भएको थिएन’, ओलीले भन्नुभयो ।

यस्तै देशमा ठूला विकास निर्माणका काम अघि बढेको तर आफ्नै दलका केहि नेताहरुले देखि नसहेको पनि उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Buddhi prasad

    Jan. 3, 2021, 3:08 p.m.

    खै खासै गरे झै त लाग्दैन क्यारे

  •  0 Reply

तपाईको प्रतिक्रिया