हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - आज काठमाण्डौको तापक्रम एक डिग्री सेल्सियसभन्दा तल झरेको छ ।
काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम शून्य दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज जुम्लाको तापक्रम माइनस आठ दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । यस्तै दिपायलको तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियस र वीरेन्द्रनगरमा एक दशमलव नौ डिग्री सेल्सियसमा झरेको छ ।
पश्चिमी तराईमा हुस्सु तथा पहाडी र हिमाली क्षेत्रमा बादल लागेको कारण तापक्रम घटेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । चिसो बढिरहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले पहाडी क्षेत्रमा बादल लाग्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने भने भने बाँकी ठाउँको मौसम सफा रहने छ । तराई क्षेत्रमा लागेको हुस्सु दिउँसोपखबाट कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।